Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

शान्ति र अहिंसाको बाटोमा लागौँ– पूर्व अध्यक्ष रेग्मी


२४ चैत्र २०७३, बिहिबार


पोखरा । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले स्वार्थी भावना त्यागी शान्ति र अहिंसाको बाटोमा लाग्न सबैसँग आग्रह गरेका छन् ।

मानव मिलन संस्थाका संस्थापक नेपाल केशरी डा. मणिभद्र मनिजी महाराजको सर्वोदय शान्ति पदयात्राका क्रममा भारतको जयपुरदेखि पोखरा आगमन तथा नैन स्थानक भवनमा प्रवेश कार्यक्रमलाई बिहिवार सम्बोधन गर्दै उनले क्षुद्र वचन बोलेर कसैको भावनामा चोट पुर्याउनु नै हिंसा भएको टिप्पणी गरे ।

एक मानिसले अर्को मानिसलाई सम्मान गर्ने बानी बसाल्न सिकौँ भन्दै पूर्व प्रधानन्यायाधीशसमेत रहेका रेग्मीले दीनदुःखीको सेवाले नै मानिसलाई सन्तुष्टिको भावना अनुभूत गराउँछ भने ।

उनले डा. मणिभद्र मुनिजीको लामो शान्ति पदयात्राले विश्वमै शान्ति र अहिंसाको सन्देश पैmलाउन मद्दत पुगेको विश्वास व्यक्त गरे ।

संस्थाका संस्थापक नेपाल केशरी डा. मणिभद्र मुनिजीले अर्कासँग लिनमात्रै होइन दिन पनि सिकौँ भने ।

मानव मिलन नारी जागरण नेपाल कास्कीका अध्यक्ष पार्वती पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा नागरिक समाज कास्कीका अध्यक्ष रामबहादुर पौडेल, स्वतन्त्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोला, मानव मिलन महिला विभाग भारतका राष्ट्रिय अध्यक्ष कुसुम जैन, रवीन्द्र माकाजु, शान्ति ढकाल, मीन गुरुङ, यज्ञप्रसाद बाँस्तोलालगायतका वक्ताले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा मन्त्रिपरिषदका पूर्व अध्यक्ष रेग्मीले जैन स्थानक भवन निर्माणका लागि भारतीय रुपैयाँ १० लाखभन्दा बढी सहयोग गर्ने भारतका ९० वर्षीय चन्द्रभाइ मेहतालाई सम्मान गरेका थिए ।

यसअघि पोखराको छोरेपाटनवबाट सुरु भएको शान्ति पदयात्रा मुस्ताङचोकस्थित लिगेसी होटलमा पुगेर सभामा परिणत भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस