Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अमेरिकी विदेशमन्त्रीले रुस भ्रमण गर्ने


प्रशासन संवाददाता

२४ चैत्र २०७३, बिहिबार


मस्को(एजेन्सी) । अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले अर्को हप्ता रुसको पहिलो पटक भ्रमण गर्ने भएका छन् ।

रुसको विदेश मन्त्रालयले अमेरिका र रुसको पछिल्लो सम्बन्ध र थप सहकार्यका बारेमा छलफल गर्न विदेशमन्त्री टिलरसन रुस आउन लागेको जानकारी दिएको छ ।

मन्त्रालयले यही अप्रिल ११ र १२ तारिखका दिन उनले भ्रमण गर्ने जनाएको छ ।

भ्रमणका क्रममा टिलरसनले रुसी समकक्षी सेर्गेइ लाभ्रोभसँग अन्तर्राष्ट्रिय सुरक्षा, स्लामिक स्टेटविरुद्धको लडाइँ र सिरिया र युक्रेनमा भइरहेको द्वन्द्वका बारेमा छलफल गर्नेछन् ।

“हामी अमेरिकाको नयाँ नेतृत्वसँगको सम्बन्धलाई सकारात्मक बनाउन चहान्छौँ, यस भ्रमणले दुई देशको अवस्थामा सुधार आउने विश्वास गरिएको छ, हामी वास्तविक व्यवहारमा आधारित रहन्छौँ भन्ने हामीलाई लागेको छ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

सरकारी अन्य निकायले पनि भ्रमणको पुष्टि गर्दै युक्रेन, सिरिया, उत्तर कोरिया र दुई पक्षीय सम्बन्धका बारेमा छलफल हुने जनाएका छन् ।

कतिपय संवेदनशील विषयमा दुई देशका बीचमा विवाद र मतान्तर भइरहेका बेला टिलरसनको पहिलो भ्रमण हुन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस