नयाँ वर्षमा पोखरामा ‘कविता कन्सर्ट’ हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नयाँ वर्षमा पोखरामा ‘कविता कन्सर्ट’ हुने


प्रशासन संवाददाता

२४ चैत्र २०७३, बिहिबार


पोखरा । कवि र कवितालाई व्यावसायिकता प्रदान गर्दै पोखरेली साहित्यानुरागीलाई लक्षित गरी नयाँ वर्षको अवसर पारेर आगामी वैशाख २ गते पोखरामा कविता कन्सर्ट हुने भएको छ ।

‘नयाँ वर्षको सुरुवात सिर्जनशील कामबाट’ भन्ने उद्घोषका साथ पब्लिक इभेन्टले पोखरामा दोस्रो कविता कन्सर्ट गर्न लागेको बुधवार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक उपेन्द्र पौडेलले जानकारी दिए ।

कन्सर्टमा कवि विप्लव ढकाल, उपेन्द्र सुब्बा र मोमिला जोशीले चार कविताका दरले दर्जन कविता वाचन गर्ने र कर्ण दास, लोचन भट्टराई र इतु जोजिजुले प्रत्यक्ष वाद्यवादनका साथ छवटा कविता वाचन गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस