संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन अपरिहार्यः पूर्व अध्यक्ष रेग्मी « प्रशासन
Logo ८ आश्विन २०८०, सोमबार
   

संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन अपरिहार्यः पूर्व अध्यक्ष रेग्मी


२४ चैत्र २०७३, बिहिबार


पोखरा । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान कार्यान्वयनका लागि आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नु अपरिहार्य भएको बताएका छन् ।

स्वतन्त्र पत्रकार सङ्घ नेपालको छैठौं वार्षिक साधारणसभा तथा दोस्रो महाधिवेशनको बुधवार उद्घाटन गर्दै उनले सो अवधिमा निर्वाचन नभए देशमा अस्थिरता र अनिश्चितता उत्पन्न हुने धारणा राखे ।

आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा डो¥याउने विश्वास व्यक्त गर्दै उहाँले दोस्रो संविधान सभाका बेलाभैm सञ्चारमाध्यमले सही ढङ्गले सूचना र समाचार सम्प्रेषण गरी सरकारको लक्ष्य पूरा गर्नेतर्फ ध्यानाकर्षण गराए ।

कार्यक्रममा स्वतन्त्र पत्रकार सङ्घ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, प्रजातन्त्र सेनानी लीलाभक्त आचार्य, नागरिक समाजका अगुवा रामबहादुर पौडेल र सङ्घका जिल्ला अध्यक्ष कृष्ण थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

अधिवेशनमा १४ जिल्लाका प्रतिनिधि सहभागी छन् । रासस

प्रतिक्रिया दिनुहोस