Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आयोग सम्पूर्ण रूपले निर्वाचनमा जुटेको छ– प्रमुख आयुक्त डा. यादव


२४ चैत्र २०७३, बिहिबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी २०७४ वैशाख ३१ गते निर्वाचन गराउने दिशामा आयोग केन्द्रित भएको बताएका छन् ।

सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग बुधवार सङ्क्षिप्त कुरा गर्दै प्रमुख आयुक्त यादवले भने, “आयोग वैशाख ३१ गते निर्वाचन गराउन सम्पूर्णरूपले तयारीमा जुटेको छ, राजनीति तह र मिडियामा आएका विषयमा आयोग पछि लाग्दैन ।”

“दुई चरणमा निर्वाचन हुनुपर्ने भन्ने विषयमा राजनीतिक तहमा छलफल चलेको भनेर मिडियामा आएको हामीले पनि सुन्यौँ तर सुनेको आधारमै आयोगले आफ्नो धारणा बनाउँदैन, आयोग आफ्नो कार्यतालिका अनुसार नै काम गरिरहेको छ ।”

एक प्रश्नको जवाफमा उनले भने, “व्यवस्थापिका–संसद्ले बनाएको स्थानीय तह निर्वाचन ऐनअनुसार आयोगले काम गर्ने हो, ऐनमा संसद्मा प्रतिनिधित्व गरेका दललाई दलको निर्वाचन चिह्न पाउने र अन्य दलले स्वतन्त्र निर्वाचन चिह्न पाउने व्यवस्था गरेको छ, आयोगले त्यसै आधारमा काम गर्ने हो ।”

स्थानीय तह निर्वाचन ऐनको दफा २६ को छ र ७ मा निर्वाचन चिह्नसम्बन्धी व्यवस्था गरिएको छ । सो व्यवस्थाअनुसार, संसद्मा रहेका २७ दलले दलीय निर्वाचन चिह्न पाउने व्यवस्था छन् भने आयोगमा दर्ता भएका अन्य सबै दलले स्वतन्त्र निर्वाचन चिह्न पाउनेछन् । आयोगमा हाल ११३ दल दर्ता भएका छन् ।

प्रमुख आयुक्त यादवले भने, “आयोगले दिएको निर्वाचन चिह्नबाट केही राजनीतिक दलले निर्वाचन चिह्न पाउनु भएन, कानुनी व्यवस्था नै त्यस्तो छ, यसले आयोगलाई गम्भीर बनाएको छ तर आयोगले अब पुनर्विचार गर्न पनि सक्दैन, आयोग धेरै अगाडि बढ्यो ।”

छ जिल्लाको मतदाता परिचयपत्र छापियो

प्रमुख आयुक्त यादवले आज मतदाता परिचयपत्र छपाइ कार्यको स्थलगत निरीक्षण पनि गरे । आयोग परिसरमै छापिइरहेको मतदाता परिचयको छपाइ कार्य तीव्ररूपमा भइरहेको छ । आजसम्म मनाङ, मुस्ताङ, रसुवा, तेह्रथुम, ताप्लेजुङ र गोरखा जिल्लाको मतदाता परिचयपत्र छापिसकिएको छ । रासस

प्रतिक्रिया दिनुहोस