Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

डीपीएलका लागि नेपाल ११ र धनगढी ११ टिमको घोषणा


२३ चैत्र २०७३, बुधबार


धनगढी । सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने नेपाल ११ र धनगढी ११ टिमको घोषणा गरिएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमीले नेपाली क्रिकेट खेलाडी संघसँगको सहकार्यमा टोलीको घोषणा गरेको हो।

डिपिएलको उद्घाटन खेलमा नेपाल ११ को कप्तानी पारस खड्काले गर्नेछन् भने धनगढी ११ को कप्तानी पदम केसीले गर्नेछन्। केसी पूर्व राष्ट्र्रिय खेलाडी पनि हुन। उनले यसअघि डिसिएल ३ को च्याम्पियन टिम चौराहाको कप्तानी समेत गरेका थिए।

नेपाल ११ को टिममा पारससँगै ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ती गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, बिनोद भण्डारी, सन्दिप लामिछाने, दीलिप नाथ, मेहबुब आलम, अबिनाश कर्ण, आशिफ सेख, आरिफ सेख र सुशान भारी छन्। टिमको मुख्य प्रशिक्षकमा जगत टमटा छन् भने व्यवस्थापकको जिम्मेवारी रमन शिवाकोटीले निभाउने छन्।

त्यस्तै, धनगढी ११ को टिममा केसीसँगै सुनिल धमला, दीपेन्द्र सिंह एेरी, राजु रिजाल, भुवन कार्की जस्ता राष्ट्रिय खेलाडीहरू छन्। उनीहरूसँगै बिजय राना, आयुब चन्द, नारायण जोशी, बिक्रम ठगुन्ना, रोमन बम, रोशन अधिकारी, लोकेश बम, बिपिन रावल र अमित पडालले धनगढी ११ को प्रतिनिधित्त गर्ने भएका छन्।

नेपाली राष्ट्रिय टिम र धनगढी ११ वीच हुने खेलको खर्च कटाएर बचेको रकम फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान (ड्रिम फाप्ला) लाई हस्तान्तरण गरिने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ। सो दिनको टिकट रकम १ सय रूपैया कायम गरिएको छ।

चैत २७ गतेबाट सुरू हुने प्रतियोगिताको उद्घाटन खेलमै दुवै टोली भिड्न लागेका हुन्। प्रतियोगितामा देशका विभिन्न ६ वटा शहरहरूले प्रतिस्पर्धा गर्नेछन्। देशकै सर्बाधिक पुरस्कार राशीको अक्सनमा आधारित प्रतियोगिताको विजेताले १५ लाख तथा उपविजेताले ७ लाख रूपैया पाउनेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस