प्रबुद्ध समूहको तेस्रो बैठक आजदेखि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रबुद्ध समूहको तेस्रो बैठक आजदेखि


प्रशासन संवाददाता

२३ चैत्र २०७३, बुधबार


काठमाडौँ । नेपाल र भारतबीचको सन् १९५० को शान्ति तथा मैत्रीसन्धिलगायत अन्य दुईपक्ष सन्धि सम्झौताको पुनरावलोकन गरी सुझाव पेस गर्न गठित नेपाल र भारतका प्रबुद्ध समूहको बैठक आजदेखि काठमडौंमा सुरु हुँदैछ ।

विविध कारणबस दुई पटक स्थगन भएको उक्त बैठकमा भाग लिन भारतका अधिकारीहरु राजधानी आइसकेका प्रबुद्ध समूहको सचिवालयले जनाएको छ । यसअघि चैत ५ र ६ गतेका लागि बैठक तय भएकोमा भारतीय पक्षले सहभागी हुन नसक्ने बताएपछि स्थगित भएको थियो । त्यसअघि पनि उक्त बैठक पोखरामा आयोजना गर्ने मिति निर्धारण भएपछि अन्तिम समयमा स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस