Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रसिद्ध शास्त्रीय गायिका आमोनकरको निधन


प्रशासन संवाददाता

२३ चैत्र २०७३, बुधबार


नयाँदिल्ली(एजेन्सी) । भारतीय सङ्गीत क्षेत्रमा ख्याति प्राप्त गायिका किशोरी आमोनकरको मुम्बईस्थित आफ्नो निवासमा मङ्गलबार निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । उनी ८६ बर्षकी थिइन् ।

शास्त्रीय गीत गायनका लागि आमोनकरले ‘शास्त्रीय हिन्दूस्तानी सङ्गीत विद्यालय’को स्थापना गरी करिब छ दशक हिन्दी भाषाका भावपूर्ण गीतमार्फत् करोडौँ स्रोता तथा दर्शकको मन मस्तिष्कमा बस्न सफल भएकी थिइन् । उनलाई निकै छोटो समय स्वास्थ्यमा समस्या देखिएको र यसकै कारण मृत्यु भएको आफन्तले जनाएका छन् ।

सन् १९३२ अप्रिल १० मा मुम्बईमा जन्मिएकी आमोनकरले सानैदेखि सङ्गीत साधनामा लागेकी थिइन् । आमोनकरकी माता तथा प्रसिद्ध गायिकासमेत रहनुभएका मोगुवाई कुर्दिकारको सङ्गतबाट सङ्गीतलाई पछ्याएकी आमोनकरले सन् १९८७ मा पद्यभूषण र सन् २००२ मा विभूषण पुरस्कारबाट सम्मानित भएकी थिइन् । उनको मृत्युप्रति भारतीय प्रधानमन्त्रीसहित लाखौँ भारतीयले सामाजिक सञ्जालमार्फत् शोक सन्देश व्यक्त गर्दै आमोदकरको निधनले स्तब्ध पारेको जनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट सन्देशमा लेखेका छन्, “किशोरी आमोनकरको निधनले भारतीय शास्त्रीय सङ्गीत क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । उहाँको मृत्युले स्तब्ध पारेको छ । आमोनकरको आत्माले शान्ति पाओस् ।”

यसैगरी बलिउड चलचित्र निर्माता माधुर भण्डारकरले पनि ट्वीटमार्फत् “भारतीय शास्त्रीय सङ्गीतकी आदरणीय व्यक्तित्व किशोरी आमोनकरको निधनले दुःखी बनाएको बताउँदै उहाँ शास्त्रीय सङ्गीतका माध्यमबाट सधैँ अमर रहनु हुनेछ” भनेका छन् ।

प्रतिक्रिया दिनुहोस