Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आजदेखि थप सत्र जिल्लामा अनुदान वितरण गरिने


प्रशासन संवाददाता

२१ चैत्र २०७३, सोमबार


काठमाडौँ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सोमबारदेखि भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनःनिर्माणका लागि अनुदानवापतको पहिलो किस्ता वितरण सुरु गर्ने भएको छ ।

प्राधिकरणले सर्वेक्षण गरी लाभग्राही सूचीमा समावेश भएकालाई घर बनाउन दिने तीन लाख अनुदानमध्ये पहिलो किस्तावापतको ५० हजार वितरण गर्न लागेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले सोमबार कास्कीको लुम्लेबाट अनुदान वितरण सुरु गर्नुहुने बताए ।

कास्कीका ३४ गाविस तथा नगरपालिकामा सर्वेक्षण सकेर तथ्याङ्क प्राप्त भएका दुई हजार २३८ घरधुरीमध्ये लुम्लेमा १६२ घरधुरी लाभग्राही सूचीमा समावेश छन् । भूकम्म प्रभावित अर्घाखाँची, बाग्लुङ, भोजपुर, धनकुटा, गुल्मी, कास्की, खोटाङ, लमजुङ, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, सङ्खुवासभा, स्याङ्जा, चितवन, सोलुखुम्बु र तनहुँमा गरी अहिलेसम्म ५८६ गाविस तथा नगरपालिकाबाट लाभग्राहीको सूची प्राप्त भइसकेको छ ।

बाँकी १७७ गाविस तथा नगरपालिकाको तथ्याङ्क एकीकृत गर्ने कार्य भइरहेको प्राधिकरणका सूचना व्यवस्थापन तथा सञ्चार शाखाका प्रमुख उपसचिव मनोहर घिमिरेले बताए ।

सोलुखुम्बुका तीन गाविसमा भने हिमपातका कारण तथ्याङ्क सङ्कलन हुन सकेको छैन । ती गाविसमा केन्द्रबाट टोली खटाएर तथ्याङ्क सङ्कलन गरिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

प्राधिकरणले यसअघि पहिलो चरणमा तथ्याङ्क सङ्कलन भइसकेका १५ हजार ७४३ लाभग्राहीलाई पहिलो किस्ताको रु ५० हजार वितरण गर्न स्वीकृति दिइसकेको छ । अब बस्ने कार्यकारी समिति बैठकले बाँकी लाभग्राहीको सूचीलाई अनुमोदन गर्नेछ ।

प्राधिकरणले भूकम्प अतिप्रभावित १४ जिल्लाका अनुदान सम्झौता भएका ९८ प्रतिशत लाभग्राहीलाई अनुदानको पहिलो किस्ता दिइसकेको छ भने प्रक्रिया पूरा गरेका लाभग्राहीले दोस्रो र तेस्रो किस्तासमेत लिइरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस