प्रतिबन्धित जडिबुटी बरामद « प्रशासन
prasaLogo
१६ श्रावण २०७८, शनिबार
   

प्रतिबन्धित जडिबुटी बरामद


प्रशासन संवाददाता

२१ चैत्र २०७३, सोमबार


नेपालगन्ज । बाँकेको मानपुरस्थित एक पुरानो मिलबाट प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित जडीबुटी ‘झ्याउ’ बरामद गरेको छ ।

प्रहरीको मध्यपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोका प्रहरी निरीक्षक अरुणकुमार सिंहको नेतृत्वमा खटिएको टोलीले प्राप्त सूचनाका आधारमा अवैध रुपमा लुकाई राखेको अवस्थामा एक हजार ७२१ किलो प्रतिबन्धित जडीबुटी बरामद गरेको हो ।

सो जडीबुटी लुकाई राखेको स्थानको रेखदेख गर्दै आएका असरफअलि जसगढलाई समेत प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । यति ठूलो मात्रामा प्रतिबन्धित जडीबुटी झ्याउ कहाँबाट आयो र यसमा कसको मिलोमतो छ भन्ने कुरा थप अनुसन्धानबाट खुल्ने प्रहरी निरीक्षक सिंहले बताए ।

बरामद गरेको जडीबुटी आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालयको जिम्मा लगाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस