ब्लड बैंक स्थापनाको घोषणा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ब्लड बैंक स्थापनाको घोषणा


प्रशासन संवाददाता

२१ चैत्र २०७३, सोमबार


पाल्पा । पाल्पाको तानसेन नगरपालिकास्थित समृद्धि बचत तथा ऋण सहकारी संस्थाले लाइभ ब्लड बैंक स्थापना स्वघोषणा कार्यक्रम सुरु गरेको छ ।

६०औँ राष्ट्रिय सहकारी दिवसको अवसर आयोजित कार्यक्रममा सहकारीका २६ सदस्यले लाइभ ब्लड बैंक स्थापना स्वघोषणा गरेका हुन् ।

रगतका अभावमा सहकारीका सदस्यले ज्यान गुमाउनुपर्ने बाध्यताबाट मुक्त हुनका लागि सहकारीका आफ्ना सदस्यलाई आवश्यक परेको बेला रगत दिन सक्ने गरी अभियान सञ्चालन गरिएको हो ।

सहकारीका अध्यक्ष चन्द्रबहादुर नेपालीले आफूले जस्तो सदस्यलाई आवश्यक परेका बेला रगत दिने गरी स्वघोषणा गरेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस