अदालतको अपहेलना गरेको भन्दै देउवाविरुद्ध सर्वोच्चमा रिट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अदालतको अपहेलना गरेको भन्दै देउवाविरुद्ध सर्वोच्चमा रिट


प्रशासन संवाददाता

२० चैत्र २०७३, आइतबार


काठमाडौँ । अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च अदालतमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध रिट निवेदन दर्ता गरिएको छ ।

अधिवक्ता हरिप्रसाद मैनालीले आइतवार काँग्रेस सभापति देउवा र नेपाली काँग्रेस केन्द्रीय समितिलाई विपक्ष बनाई सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।

सभापति देउवा र केन्द्रीय समितिलाई अदालतको अपहेलना गरेको भन्दै हदैसम्मको कारबाहीको माग गर्दै उनले निवेदन दर्ता गराएका हुन् । उनले सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकबारेको फैसलाउपर काँग्रेस केन्द्रीय समितिले अदालतले सरकारको काममा हस्तक्षेप गरेको भन्ने निर्णयले अदालतको अपहेलना गरेकाले निवेदन दर्ता गराएको जानकारी दिए।

केही दिनअघि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले प्रहरी महानिरीक्षक पदको नियुक्तिको सम्बन्धमा अदालतले हस्तक्षेप गरेको भन्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस