Logo २ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

निर्धारित समयमै निर्वाचन हुन्छः नेता कोइराला


२० चैत्र २०७३, आइतबार


पर्सा । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन हुने दाबी गरेका छन् ।

प्रेस युनियन पर्साका पूर्वसभापति काशीनाथ यादवको स्मृतिमा आइतवार
आयोजित श्रद्धान्जलि सभालाई सम्बोधन गर्दै उनले मधेसी मोर्चाको सहमतिमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “मधेसी मोर्चालाई बाहिर राखेर चुनावमा गइयो भने मधेसमै रहेका अतिवादी शक्तिहरु हावी हुन्छन्, जसले गर्दा मुलुकमा झन् ठूलो सङ्कट आउने भएकाले जसरी हुन्छ मधेसी मोर्चालाई सम्झाएर बुझाएर अगाडि बढनुपर्छ ।”

नेकपा (एमाले)को उग्रराष्ट्रवादले मधेसमा विद्रोहको आगो थपिँदै गएको उल्लेख गर्दै नेता डा. कोइरालाले काठमाडौँका केही नेताहरुले मधेसीको राष्ट्रियतामाथि शङ्का गर्ने प्रवृत्ति एकदमै घातक भएको टिप्पणी गरे । मधेसमा भइरहेको सङ्घर्ष, पहिचान, पहुँच र प्रतिनिधित्वका लागि नै भएको भन्दै उनले मधेसका मुद्दाप्रति काँग्रेस सदैव सकारात्मक रहेको जिकिर गरे ।

हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने सवालमा आफ्नो बिमति रहेको बताउँदै उनले राष्ट्रिय सभामा जनसङ्ख्याको आधारमा प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए । स्व यादव लोकतान्त्रिक योद्धा रहेको स्मरण गराउँदै नेता डा. कोइरालाले यादवको निधनले लोकतन्त्रप्रेमीहरु स्तब्ध भएको बताए ।

सो अवसरमा सांसदहरु राजेन्द्र बहादुर अमात्य, अनिल रुँगटा तथा नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्घिवेदीलगायतले पनि स्व यादवलाई श्रद्घान्जलि दिएका थिए । यादवको गत चैत १६ गते निधन भएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस