पदका लागि हानथाप गरेर देश बन्दैनः अध्यक्ष ओली « प्रशासन
Logo २९ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पदका लागि हानथाप गरेर देश बन्दैनः अध्यक्ष ओली


२० चैत्र २०७३, आइतबार


काभ्रे । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले मात्र मुलुक समृद्ध बनाउन सक्ने बताएका छन् ।

काभ्रेको बनेपामा नवनिर्मित एमाले नगर पार्टी कार्यालय भवन पार्टीका तर्फबाट नगर कमिटीलाई हस्तान्तरण गर्दै उनले देश विकासका लागि एमालेको आवश्यकता रहेको बताए ।

“एमालेलाई कुनै पद होइन देश बनाउने जिम्मेवारी दिनुपर्छ”– अध्यक्ष ओलीले भने, “हामीले पदकै लागि हानथाप गर्ने हो भने देश कहिल्यै पनि बन्दैन ।”

समृद्ध नेपालको सम्भावना पत्ता लगाएर त्यसबाट रोजगारीको अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सम्भावनाको खोजी नगरी वैदेशिक रोजगारीलाई बढावा दिएमा देश विखण्डन हुनसक्ने विचार व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका सांसदहरु गोकुल बाँस्कोटा, विदुर सापकोटा तथा टोपबहादुर तामाङले स्थानीय तहको निर्वाचनमा एमालेलाई नै अत्यधिक मतले जिताउनुपर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस