Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नलसिंहगाड आयोजनाका कार्यकारी निर्देशकसहित छ जनाविरुद्ध मुद्दा दायर


प्रशासन संवाददाता

२० चैत्र २०७३, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिंहगाड जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरसहित छ जनाविरुद्ध २७ करोड २४ लाख ५४ हजार ३५१ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नलसिंहगाड जलविद्युत् आयोजनाको परामर्शदाता छनोटका क्रममा राज्यलाई नोक्सान पुर्याउने गरी परामर्शदाता छनोट गरेको पाइएकाले मुद्दा दर्ता गरिएको सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

आयोजनाको परामर्शदाता छनोटका क्रममा स्मेक जेभीलाई दिनुपर्ने १.५६७ भन्दा घटी अङ्क प्रदान गरी सबैभन्दा घटी रकमको प्रस्ताव पेस गर्ने एएफसी जेभीको प्राविधिक र आर्थिक प्रस्तावको संयुक्त मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क ८२.८३३ प्रदान गरी जानीजानी कम अङ्क प्रदान गरेको देखिएको छ ।

कार्यक्षमताअन्तर्गत स्मेकको हकमा विस्तृत निर्माण नमुना आवश्यक पर्ने भनी सर्त राखिएको भए पनि त्यसैलाई आधार मानेर मूल्याङ्कन गर्ने, मूल्याङ्कनकर्ताले दिएको अङ्कलाई सम्झौताका क्रममा बढाएको तथा प्रस्तावसँग पेस भएको कतिपय अनुभवका विषयलाई एक पक्षको मात्रै फाइदा हेरी अर्को पक्षलाई प्रतिस्पर्धामा पछाडि पारेको अध्ययनका क्रममा फेला परेको छ ।

गैरकानुनी रुपमा नलसिंहगाड जलविद्युत् आयोजना विकास समितिलाई हानीनोक्सानी पु¥याउने बद्नियत राखी एएफसीजेभीले भन्दा २७ करोड २४ लाख ५४ हजार ३५१ बढी कबोल गर्ने स्मेकजेभीलाई मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क ८१.९९४ दिई मूल्याङ्कन गराई आयोजनालाई क्षति पुर्याएको देखिएको आयोगले जनाएको छ ।

आयोजनालाई क्षति पुर्याउने उद्देश्यले भ्रष्टाचार कसुरको उद्योगमा आयोजनाका कार्यकारी निर्देशक कुँवर, तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सूर्यप्रसाद रिजाल, तत्कालीन लेखा अधिकृत आनन्दप्रसाद चापागाईं, ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थ, विद्युत् विकास विभागका कानुन अधिकृत राजेशकुमार थापा र स्मेकका नेपाली प्रतिनिधि उदीपलाल श्रेष्ठको संलग्नता देखिएको आयोगको ठहर छ ।

आयोगले बिगो असुल गरी आरोपीमाथि एक वर्ष कैद र १३ करोड ६२ लाख २७ हजार १७५ सजायको माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस