काठमाडौंका विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा « प्रशासन
prasaLogo
२० चैत्र २०७३, आईतवार

काठमाडौंका विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा


प्रकाशित मिति : 2 April, 2017 6:33 pm

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय, काठमाडौँले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न छ स्थानमा प्रदर्शन र विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ ।

जिप्रकाले आइतवार सूचना जारी गर्दै शीतलनिवास महराजगञ्ज, प्रधानमन्त्री निवास बालुवाटार, संसद् भवन नयाँबानेश्वर, सिंहदरबार, उपराष्ट्रपति निवास, निर्वाचन आयोग बहादुरभवन वरपरका क्षेत्रमा निषेधित क्षेत्र तोकेको हो ।

जिल्ला सुरक्षा समितिको पुस २० र चैत ९ गतेको सिफारिस तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको जुलुस, प्रदर्शन, धर्ना, घेराउजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र तोकिएको सूचनामा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस