Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

इराकमा मार्च महिनामा ५ सय ४३ को मृत्यु


प्रशासन संवाददाता

२० चैत्र २०७३, आइतबार


इराक(एजेन्सी) । इराकमा मार्च महिनाभरि भएका आतङ्कवादी आक्रमण, सेना तथा विद्रोही समूहसँग भएका झडपमा ५४३ जना इराकी सर्वसाधारणको मृत्यु भएको र ५६१ जना घाइते भएका संयुक्त राष्ट्रसङ्घ सहयोग निकायले जनाएको छ ।

राष्ट्रसङ्घको उक्त शाखाद्वारा जारी गरिएको विज्ञप्तिमा मृतक तथा घाइतेको सङ्ख्यामा सुरक्षाकर्मीतर्फको तथ्याङ्क समावेश गरिएको छैन । इराकी सेनाले सेनातर्फको क्षतिबारे सूचना नदिएकाले सेनातर्फ के कतिको मृत्यु भयो र कति घाइते भए भन्ने तथ्याङ्क उपलब्ध हुन नसकेको संस्थाले जनाएको छ ।

मारिएका प्रायः सबैजना पश्चिमी मोसुलमा सेनाको आतङ्कवाद विरोधी अभियानमा परेका संस्थाको दाबी छ ।

राष्ट्रसङ्घअन्तर्गतको उक्त संस्थाले इराक द्वन्द्वका कारण सन् २०१६मा छ हजार ८७८ सर्वसाधारणको मृत्यु भएको र १२ हजार ३८८ जना घाइते भएको तथ्याङ्क सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस