मोदी र रजाकबीच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मोदी र रजाकबीच भेटवार्ता


प्रशासन संवाददाता

१९ चैत्र २०७३, शनिबार


नयाँदिल्ली(एजेन्सी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका मलेसियाली समकक्षी नाजिव रजाकबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ ।

राजधानी दिल्लीमा रहेको प्रतिष्ठित ‘हाइद्रावाद हाउस’मा शनिबार साँझ भएको भेटका क्रममा दुई देशका प्रतिनिधिबीच पारस्परिक चासोका विभिन्न विषयमा छलफल गर्न र द्विपक्षीय हितका लागि केही सहमतिमा हस्ताक्षरसमेत गर्ने सहमति भएको बताइएको छ ।

द्विपक्षीय कुराकानीपछि भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्रीले खाद्य सुरक्षा, परम्परागत औषधि, शैक्षिक आदानप्रदान र आतङ्कवाद विरोधी प्रयासमा दुई देशबीच भएका सहकार्यको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस