Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अदुवाले मूल्य नपाएपछि सल्यानका किसान चिन्तित


प्रशासन संवाददाता

१९ चैत्र २०७३, शनिबार


सल्यान । यसवर्ष दुई करोड भन्दा बढीको अदुवा निर्यात भएको छ ।

अदुवा उत्पादनमा वृद्धि भए पनि किसानले उचित मूल्य नपाउँदा अदुवा निर्यातमा गिरावट आएको छ । गत आर्थिक बर्षमा करिब १० करोड ४३ लाख बराबरको अदुवा निकासी भए पनि यसवर्ष उचित मूल्य नपाउँदा करिब दुई करोड ८७ लाख बराबरको मात्र अदुवा निर्यात भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

अदुवा उत्पादनमा चार प्रतिशतसम्म वृद्धि भए पनि मूल्य नपाइएकाले निर्यातमा समस्या भएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माले जानकारी दिए ।

गत वर्षमा घरमै आएर अदुवा व्यापारीले ४० देखि ४५ प्रतिकेजीसम्ममा खरिद गरे पनि यसवर्ष १५ देखि २० सम्ममा बिक्री गरिएको जिल्ला अदुवा उद्यमी सङ्घ सल्यानका अध्यक्ष ज्ञानदेव घर्तीले जानकारी दिए । “अदुवाको उत्पादन राम्रो भए पनि किसानले उचित मूल्य पाएनन्, यसले किसानलाई चिन्तित बनाएको छ”, घर्तीले भने ।

गत आवमा दुई हजार हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकामा २४ हजार छ सय २१ मेट्रिक टन उत्पादन भएको थियो । यसवर्ष दुई हजार ५० हेक्टर क्षेत्रफलमा अदुवाखेती गरिएकामा २५ हजार पाँच सय ३२ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ ।

सल्यानमा पछिल्लो समयमा व्यावसायिक रुपमा नै अदुवा खेती गर्ने किसानको सङ्ख्या बढ्दै गए पनि यस वर्ष उत्पादित अदुवाले बजार नपाउँदा किसान चिन्तित भएका छन् । माल्नेटा, ढारखानी, सिद्धेश्वरी, कोटमौला, दमाचौरलगायत ठाउँमा अदुवा खेती गरिन्छ । यी ठाउँमा उत्पादन हुने अदुवा रेसा नभएको तथा बोसे जातको हुन्छ । यहाँ उत्पादन हुने अदुवा दाङ, नेपालगन्ज, बुटवल तथा भारतमा समेत निकासी हुन्छ । रासस

प्रतिक्रिया दिनुहोस