मतदाता नामावली आइतबारदेखि मुद्रण हुने « प्रशासन
Logo ४ कार्तिक २०७८, बिहिबार
   

मतदाता नामावली आइतबारदेखि मुद्रण हुने


प्रशासन संवाददाता

१९ चैत्र २०७३, शनिबार


काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आइतबारदेखि मतदाता नामावली मुद्रण गर्ने भएको छ ।

निर्वाचनमा खटिने चारवटै सुरक्षा निकायका अधिकृतका लागि सञ्चालन गरिएको निर्वाचन र सुरक्षा विषयको प्रशिक्षक प्रशिक्षण तालिम समापन समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सो कुराको जानकारी दिएका हुन् ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा करिब एक करोड ४० लाख मतदाताको नाम सङ्कलन भएको आयोगले जनाएको छ ।

मतदाता नामावलीको सूची आगामी वैशाख १० गतेभित्र सबै जिल्लामा पुर्याइसक्ने गरी आयोगले काम गर्ने जनाइएको छ ।

त्यस्तै, अबको एक दुईदिनभित्रै स्थानीय निकायको निर्वाचनमा खटिने ७५ जना मुख्य निर्वाचन अधिकृत र ६६९ जना निर्वाचन अधिकृत नियुक्त हुने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस