Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

वैद्य माओवादीले निर्वाचनमा भाग लिने


प्रशासन संवाददाता

१९ चैत्र २०७३, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष मोहन वैद्यले शनिवार जारी गर्नुभएको विज्ञप्तिमा यही चैत १४ र १५ गते सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले स्थानीय निर्वाचन जनताको अत्यावश्यक तथा दैनिक कामको व्यवस्थापनसँग जोडिएको, क्रान्तिको तयारीका लागि जनाधार तयार पार्न तथा जनताकाबीचमा सङ्गठन विस्तार गर्न आवश्यक बन्न गएकाले निर्वाचनको क्रान्तिकारी ढङ्गले उपयोग गर्न आवश्यक रहेको उल्लेख छ ।

पार्टीद्वारा सिधै नभई सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा संयुक्त मोर्चाका नाममा सो पार्टीले निर्वाचनमा भाग लिन लागेको हो । चुनाव उपयोग गर्दा दक्षिणपन्थी र बहिष्कार गर्दा क्रान्तिकारी भइन्छ भन्ने मानसिकता गलत भएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस