१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुक्तक

अ+ अ-

आफ्नालाई एउटा पुरुषार्थ देखाउने पो मन छ
बच्चा देखिको एउटा धोको मेटाउने पो मन छ
न जागिरले न त व्यापारले नै दिनसक्यो सन्तुष्टि
अब एउटा पार्टी खोलेर झण्डा हल्लाउने पो मन छ ।

सिमण्टी मिसाउन लगाऊ पानी र बालुको घोलमा
खबरदार ! बेचौला कारखानाहरू कौडीको मोलमा
बाटोमा गाडिएका नाङ्गा खम्बाहरू समेत भन्दैछन्
हे नेता बाबू, नझुक्क्याऊ है, तार पनि हाल पोलमा ।

अस्तिसम्म सुनसान, अहिले त छ रमझम् बाबू !
सहरमा जस्तै गाउँमै पनि हुँदैछ नाटक मञ्चन बाबू !
चुनावमा उठ्न सल्लाह माग्दा सोध्नुहुन्छ पो काका–
ए केटा ! ब्यान्कामा ब्यालेन्स कति छ भन् भन् बाबू !

डोको–बोकुवा आउन, मोसो–पोतुवा नआउन
बस्तु–हेरुवा आउन, बोली–फेरुवा नआउन
चुनाव कस्ले जितोस् भनी सोध्दा भन्छिन् आमा
बाबू, अरू जो आउन् आउन, देशबेचुवा नआउन्

गोठालाको स्याहार–सुसार गाई पालुन्जेल न हो
भकाराको घेराबेरा गोबर फालुन्जेल न हो
चुनावका कुरा सोध्दा हाम्रा ठुलाबा भन्छन्
नेताजीको चाप्लुसी त भोट हालुन्जेल न हो !

प्रतिक्रिया दिनुहोस