नारी « प्रशासन
prasaLogo
१९ चैत्र २०७३, शनिबार

नारी


प्रकाशित मिति : 1 April, 2017 6:46 am

तिमीलाई तिम्रो अस्तित्व दिने नारी हो
तिम्रो परिवार सुरु गर्ने पनि नारी हो
निस्वार्थ सेवा गर्ने नारी हो
मन्दिरको मूर्तिमा पनि नारी हो

बाल्यकालमा उनले नै तिम्रो घर सजाएकी हुन्
तिम्रो आँगनको रौनक बढाएकी हुन्
तिमीलाई अभिमान गर्न सिकाइन्छ
उमेरको एउटा मोडमा
उनलाई पराइ धन हो भन्ने सिकाइन्छ ।

फेरि पनि नारीले बिबाह बन्धन बनाउँछिन
उनी पत्नी धर्म पनि पुरा गर्छिन्
जिन्दगीमा नयाँ नयाँ अनुभव सिकाउँछिन्
आमा बनेर अर्को नयाँ जिन्दगीलाई जन्म दिन्छिन्

केही बर्षको अन्तराल पछि जिन्दगीले कोल्टे फेर्छ
उनलाई आफ्नै सन्तानको सहाराको जरुरत पर्न जान्छ
त्यसको केही समय पछि उनलाई लठ्ठीको जरुरत पर्छ
साथै पुरा परिवारको पनि जरुरत पर्छ ।

त्यही पनि समाज उनको निन्दा गर्छ
कहिले दुष्कर्म त कहिले हिंसा गर्छ
समाजका ठेकदारहरुले उनको चरित्र हत्या गर्छन्
उनलाई नराम्रो र आफुलाई राम्रो सावित गर्न खोज्छन्

अन्तमा, हे मानव नारीको हरेक रुपको सम्मान गर
उनको मान मर्दन गरेर आफुलाई असल सावित नगर ।

Tags :
प्रतिक्रिया दिनुहोस