गजल « प्रशासन
prasaLogo
१९ चैत्र २०७३, शनिबार

गजल


प्रकाशित मिति : 1 April, 2017 6:35 am

जालो भित्रको त्यो सानो संसारलाई न कुनै ज्ञान हुन्छ
पहिचान गरि भ्रुण हत्या हुन्छ न कुनै बयान हुन्छ

आफुले चाहेको जीवन बाच्नै नपाउने रे छोरीले
हाजारौ छोरीहरुको यहाँ न कुनै चिहान हुन्छ

मातृ हृदय समेत चसक्क न चस्किने कति निर्दयी
फोहोरको डङ्गुर भित्र कठै न कुनै बिहान हुन्छ

के कसुर हुन्छ र तिम्रो उम्रिएका टुसामै गाडिन्छौ
धर्तीमा फक्रिनै न सकिने न कुनै ज्यान हुन्छ

नफक्रिंदै निमोठिन्छौ गुबो भित्रका अकुराहरु
प्रेमरसको कन्चन यहाँ न कुनै मुहान हुन्छ

खुल्छन धेरै संघ सस्थाहरुको नारा तिम्रै नाममा
नारा नारीमै सिमित रहे न कुनै बयान हुन्छ

प्रतिक्रिया दिनुहोस