बालिका बलात्कारको आरोपमा युवक पक्राउ « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

बालिका बलात्कारको आरोपमा युवक पक्राउ


१८ चैत्र २०७३, शुक्रबार


कैलाली । तीन वर्षीया बालिका बलात्कारको आरोपमा कैलालीमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–५, हसनपुर बस्ने १७ वर्षीय महेश्वर शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार दिउँसो घरमा एक्लै खेलिरहेको अवस्थामा शर्माले बालिका बलात्कार गरेका प्रहरीरले जनाएको छ । प्रहरी नायब उपरिक्षक बीरबहादुर बुढामगरले बालिकाको पोष्टमार्टम रिपोर्ट आएपछि मुद्धा अदालतमा लगिने बताए । उनले बुधबार नै युवकलाई पक्राउ गरिएको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस