Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मूल सिद्धान्तः नेता राणा


१३ चैत्र २०७३, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणाले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मूल सिद्धान्त भएकाले त्यसलाई कायम गरी छाड्ने बताएका छन् ।

काठमाडौँ जिल्ला कार्यसमितिले आइतवार आयोजना गरेको ‘जनताका माझमा राप्रपा’ विषयक अगुवा कार्यकर्ता भेलामा उनले सोही सिद्धान्तका आधारमा पार्टीले पटकपटक जनताको विश्वास प्राप्त गरेको बताउँदै निर्वाचन आयोगले षड्यन्त्रपूर्ण तरिकाले सो सिद्धान्तलाई विधानबाट खारेज गर्न गरेको निर्णय अवैध रहेको बताए ।

आसन्न स्थानीय तहको चुनावमा पार्टीलाई कसरी सफल बनाउने भन्नेबारेमा नेता तथा कार्यकर्ताले चिन्ता गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष राणाले जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्न निर्देशन दिए ।

पार्टीका नेता राजाराम श्रेष्ठले कार्यकर्ताको बलिदान र मेहेनतले अहिले पार्टीले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण स्थान कायम गरेको बताउँदै कार्यकर्ताको मनोभावनालाई बुझेर पार्टी नेतृत्व अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे ।

काठमाडौँ जिल्ला कार्यसमितिका सल्लाहकार किरण गिरीले १५ वर्षदेखि हुन नसकेको स्थानीय तहको चुनाव निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

काठमाडौँ महानगर कार्यसमितिका अध्यक्ष कृष्ण बज्राचार्यले पार्टीले लिएका विचारलाई वडा, गाउँ, नगरमा पु¥याएर जनताको विश्वास आर्जन गरी पार्टीलाई विजयी बनाउनुपर्ने बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस