एमाले सांसद दुलारी देवीको निधन « प्रशासन
Logo २ आश्विन २०७८, शनिबार
   

एमाले सांसद दुलारी देवीको निधन


प्रशासन संवाददाता

११ चैत्र २०७३, शुक्रबार


काठमाडौँ । सर्लाहीबाट नेकपा एमालेका तर्फबाट समानुपातिक सांसद दुलारी देवीको बिएन्डबी अस्पताल, ललितपुरमा उपचारका क्रममा विहीवार राति निधन भएको छ ।

यही चैत ३ गते भारतको सीतामढीमा गाडी दुर्घटनामा पर्नुभएकी सांसद देवीलाई भोलिपल्ट अस्पतालमा ल्याई उपचारमा राखिएको थियो । मोटरसाइकलमा रहेकी उनलाई ट्रकले ठक्कर दिँदा दुवै खुट्टामा गम्भीर चोट लागेको एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।
सर्लाही ब्रह्मपुरी–८ का ४८ वर्षीया देवी हाल कामपा–३४ शान्तिनगरमा बस्दै आएकी थिइन। उनका पति, दुई छोरा र दुई छोरी छन् । रासस

प्रतिक्रिया दिनुहोस