सिरियाको विद्यालयमा हवाई आक्रमण « प्रशासन
prasaLogo
१० चैत्र २०७३, बिहीबार

सिरियाको विद्यालयमा हवाई आक्रमण


प्रकाशित मिति : 23 March, 2017 6:34 am

दमास्कस । सिरियाको उत्तरी क्षेत्रमा रहेको एउटा विद्यालयमा भएको हवाई आक्रमणमा परी बुधबार कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।

अमेरिकाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले मन्सुराको रक्वा सिटीमा रहेको विद्यालयमा हवाई आक्रमण गरेको अनुगमनकर्ताहरूले जनाएका छन् ।

हवाई आक्रमण भएको ठाउँ इस्लामिक स्टेट ९आईएस० लडाकुहरूको वास्तविक राजधानी मानिन्छ ।

बेलायती सहयोग रहेको अनुगमनकर्ताहरूको समूह वाचडग ग्रुपले ३३ जनाको शव भेटिएको बुधबार जानकारी दिएको छ ।

रक्वा क्षेत्रमा संयुक्त सुरक्षा फौजले पछिल्लो केही समयदेखि आईएस लडाकु विरुद्धको हवाई आक्रमणलाई तिव्रता दिएको पनि वाचडगले जनाएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस