तेह्रथुमको पर्यटन गुरुयोजना बनाइँदै « प्रशासन
Logo २९ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

तेह्रथुमको पर्यटन गुरुयोजना बनाइँदै


प्रशासन संवाददाता

९ चैत्र २०७३, बुधबार


तेह्रथुम । जिल्लाको पर्यटन क्षेत्र विकास गर्ने उद्देश्यले एक वर्षअघि थालिएको पञ्चवर्षीय पर्यटन गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । पर्यटनको माध्यमबाट समग्र जिल्लाको आर्थिक विकास गर्ने भन्दै गुरुयोजना निर्माण थालिएको जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ ।

विज्ञ, सरोकारवाला, स्थानीयवासी, राजनीतिक दल, उद्योग वाणिज्य सङ्घ, सुरक्षा निकाय प्रमुख, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रमुख, पर्यटन व्यवसायी, होटल व्यवसायी, संरक्षणकर्मी, सञ्चारकर्मीलगायतसँग छलफल गरी गुरुयोजना बनाइँदैछ ।

सबै पक्षको सुझाव सङ्कलन गरेर गुरुयोजना निर्माण गर्ने काम भइरहेको स्थानीय विकास अधिकारी तुलसी गौतमले बताए । जिल्ला समन्वय समितिले विज्ञका रूपमा पर्यटन तथा स्थानीय विकास योजना विज्ञ प्रा डा प्रेम शर्मालाई लिएको छ । शर्मासहितको संलग्नतामा पहिलो पटक पर्यटकीय गुरुयोजना निर्माणका लागि सर्वपक्षीय छलफल चलाइएको थियो ।

तेह्रथुमलगायत पूर्वी पहाडको पर्यटन यहाँको प्रकृति र संस्कृतिसँग जोडिएकाले यही क्षेत्रको प्रवद्र्धन हुने किसिमले गुरुयोजना बन्दै गरेको शर्माले बताउनुभयो । यसका लागि जिल्लाका दुई नगरपालिकासहित चारवटै गाउँपालिकामा आफूहरू पुगेर छलफल गरिरहेको उनले बताए ।

“हामीले प्रत्येक गाउँपालिका पुगेर पर्यटकीय सम्भावनाका सूचना सङ्कलन गरिरहेका छौँ,” शर्माले भने, “त्यहाँबाट आएका सुझाव र सूचनाका आधारमा गुरुयोजना निर्माण गर्दैछौँ ।” रासस

प्रतिक्रिया दिनुहोस