निर्वाचन हुनेमा आशंका नगर्न खनालको आग्रह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निर्वाचन हुनेमा आशंका नगर्न खनालको आग्रह


प्रशासन संवाददाता

८ चैत्र २०७३, मंगलबार


म्याग्दी । प्रधानमन्त्री पुष्पकमल दाहालका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचन हुनेमा आशङ्का नगर्न आग्रह गरेका छन् ।

वाइसिएल म्याग्दीको तेस्रो जिल्ला सम्मेलनको बेनीमा उद्घाटन गर्दै खनालले आगामी वैशाख ३१ गते सरकारले स्थानीय तह निर्वाचन गराएरै छाड्ने उद्घोष गर्दै निर्वाचनपछि जनताको घरदैलोमा सरकारी सेवा सुविधा पुग्ने बताए ।
“सङ्घीयतामार्फत जिल्ला सदरमुकाममा केन्द्रित सेवा सुविधा अब गाउँपालिका र नगरपालिकामार्फत जनताको पहुँचमा पुग्दैछ, अब सेवा सुविधा मात्रै होइन आफ्नो गाउँठाउँको बजेट कसरी निर्माण गर्ने र विकास कसरी गर्ने भन्ने कुरा जनताकै हातमा हुन्छ”– उनले भने ।

उनले माओवादीको जनयुद्ध र जनआन्दोलनको जगबाट मुलुकमा सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीताजस्ता मुद्दा स्थापित भएको बताउँदै ती मुद्दालाई संस्थागत गर्न स्थानीय तहको चुनाव अपरिहार्य रहेकोमा जोड दिए ।
उनले मधेसमा देखिएको समस्यालाई सरकारले राजनीतिक रुपमै हल गर्ने प्रयास गरेको बताउँदै चुनाव कसैले चाहेर नरोकिने बताए । रासस

प्रतिक्रिया दिनुहोस