Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रधानमन्त्री दाहालद्वारा बहुराष्ट्रिय सेनालाई सम्वोधन


प्रशासन विशेष ब्युरो

७ चैत्र २०७३, सोमबार


पाँचखाल । प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति स्थापना कार्यमा नेपाली सेनाले बहुराष्ट्रिय सेनासँग समदूरीमा रही काम गरेको स्मरण गरेका छन् ।

प्रधानमन्त्री दाहालले उक्त कुरा नेपाल, इन्डोनेसिया, किर्गिज्स्तान, मलेसिया, फिलिपिन्स, बङ्गलादेश, अमेरिकालगायत देशबाट विभिन्न प्रकृतिका शान्ति स्थापनासम्बन्धि तालिममा सहभागी २८ मुलकका बहुराष्ट्रिय सेनालाई आज पाँचखालमा सम्बोधनका क्रममा बताएका हुन् ।

प्रधानमन्त्री दाहालले शान्ति स्थापना कार्यमा नेपाली सेनाले लेवनान, युगान्डा, इथियोपिया दक्षिण सुडान, इराक, सिरियालगायत ४१ मुलकमा बहुराष्ट्रिय सेनासँग मिलेर काम गरेको इतिहास रहेको बताए। नेपाली सेना सन् १९५५ मा नेपाल संयुक्त राष्ट्र सङ्घको सदस्य भएपछि शान्ति स्थापना कार्यमा सक्रिय रहँदै आएको छ ।

उनले नेपालको शान्ति स्थापनामा संयुक्त राष्ट्र सङ्घले पुर्याएको योगदानको प्रशंसा गर्दै संयुक्त राष्ट्र सङ्घ विश्वका सबै मुलुकको अभिभावक संस्था रहेको बताए। प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनामा नेपाली सेनाले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यसपछि भविष्यमा आइपर्ने विभिन्न प्रकृतिका समस्या समाधानमा संयुक्त राष्ट्र सङ्घको आह्वानलाई स्वीकार्दै अगाडि बढ्ने बताए।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आयोजना गरिएको १५ दिने शान्ति अभ्यास –III चरणको तालिममा भाग लिन २८ देशका एकहजार २४ सैनिकको सहभागिता छ । तालिम यही चैत २१ गतेसम्म चल्नेछ ।

द्वन्द्वग्रस्त मुलुकमा खटिने सैनिकबीच सहकार्यलाई एकतामा सुत्रबद्ध गरी सीप विकासमा सहयोग र आपसी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा यो तालिम पहिलो पटक आयोजना गरिएको हो । यसअघि नेपाली सेनाले पहिलो पटक सन् २००० मा शान्ति अभ्यास सुरु गरेको थियो । त्यसबेला चारवटा मुलुकका सेनाले यहाँ भाग लिएका थिए । पाँचखालमा सेनाको बहुराष्ट्रिय तालिम केन्द्र रहेको छ ।

कार्यक्रममा संयुक्त राज्य अमेरिकाका एसिया प्रशान्त क्षेत्र सैन्य कमाण्डर एडमिरल ह्यारीले शान्ति स्थापना कार्यमा नेपाली सेना र अमेरिकी सेनाले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाली सेना विश्व शान्ति स्थापनार्थ सेना खटाउने मुलुकको सूचीमा छैटौँ स्थानमा छ ।

त्यसैगरी, नेपालका लागि अमेरिकी राजदूत अलाइना बि टेप्लिज्ले तालिम नेपाल र अमेरिकाको आपसी सहयोगमा सञ्चालन भएको जानकारी दिए ।

कार्यक्रममा व्याण्ड डिस्प्ले, खुकुरी ड्रिल, सांस्कृतिक कार्यक्रम लगाएत अनआर्म कम्ब्याटको समेत प्रस्तुती गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस