Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

इजरायलद्वारा सिरियाली हवाई रक्षा प्रणाली ध्वस्त पार्ने चेतावनी


प्रशासन संवाददाता

७ चैत्र २०७३, सोमबार


जेरुसेलम(एजेन्सी) । इजरायली रक्षामन्त्री अभिगडोर लाइवरमेनले सिरियाली सेनाले जमिनबाट आकाशमा हान्ने क्षेप्यास्त्रको प्रयोग गरी इजरायली युद्धक विमानलाई आक्रमण गरेको भन्दै आफूहरूले चाहेमा सिरियाली हवाई रक्षा प्रणालीलाई नै ध्वस्त पारिदिनसक्ने चेतावनी दिएका छन् ।

यदि फेरि पनि सिरियाली सेनाले आफ्नो हवाई रक्षा प्रणालीको प्रयोग गरी हाम्रा विमानमाथि आक्रमण गरेमा सिरियाको हवाई रक्षा प्रणालीलाई कुनै हिचकिचावटविना नै ध्वस्त पारिदिने छौँ, लिवरमेनले इजरायली सरकारी रेडियोसँगको कुराकानीमा बताए।

यसअघि इजरायली युद्धक विमानले शुक्रबार कैयौँ पटक सिरियाली क्षेत्रमा आक्रमण गरी लेवनानी सिया हेजबुल्लाह आन्दोलनमा सहयोगार्थ हिँडाइएका हतियारलाई लक्षित गरी आक्रमण गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका थिए ।

यसरी इजरायली युद्धक विमानद्वारा गरिएका आक्रमणका क्रममा सिरियाली सेनाले एक इजरायली युद्धक विमानलाई जमिनबाट क्षेप्यास्त्र आक्रमण गरी खसालेको थियो भने अर्को एक विमानमा पनि आक्रमण गरेको थियो । तर इजरायली सेनाले आफ्ना कुनै विमानमा आक्रमण नगरिएको बताएको थियो ।

इजरायली सेनाद्वारा विज्ञप्तिमा भनिएको छ, सिरियाद्वारा युद्धक विमानमाथि कैयौँ हतियारको।निसाना बनाइए पनि सबै निरर्थक बनेका थिए । एउटा क्षेप्यास्त्र आक्रमणलाई इजरायली ‘एरो’ हवाई रक्षा प्रणालीले अवरुद्ध गरी आकाशमै निस्क्रिय पारिदिएको इजरायली सञ्चारमाध्यमले बताएका छन् ।

सिरियाबाट लेबनान निर्यात गर्न लागिएका हतियारलाई कुनै बेला पनि रोक्न हामीले प्रतिरोध गर्ने छौँ, लिवरमेनले इजरायली रेडियोसँगको अन्तरवार्तामा बताए ।

लिवरमेनले आफ्नो देशले सिरियाली गृहयुद्धमा हस्तक्षेप गर्ने वा रसियासँग विवादमा तानिने चाहना नराखेको तर इजरायलको सुरक्षा आफ्नो उच्च प्राथमिकतामा रहने बताए ।

प्रतिक्रिया दिनुहोस