Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सामान्यले तीन सहसचिव स्थानीय विकास मन्त्रालय पठायो


प्रशासन संवाददाता

६ चैत्र २०७३, आइतबार


काठमाडौँ । नयाँ तीन महानगरपालिकामा कार्यकारी अधिकृतका लागि सामान्य प्रशासन मन्त्रालयले तीनजना सहसचिव सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाएको छ ।

स्थानिय मन्त्रालयले माग गरेअनुसार आाइतवार सहसचिव प्रेमराज जोशी, हरि दाहाल र दुर्गानारायाण पौडेललाई महानगरमा नयाँ कार्यकारी अधिकृत बनाउनका लागि पठाइएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए ।

यसअघि सामान्य प्रशासन मन्त्रालयले उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका लागि उपसचिव र शाखा अधिकृतलाई पठाएको थियो । सामान्यले शाखा अधिकृत र उपसचिव पठाएपछि बिहीवार गाउँपालिका र शुक्रबार उपमहानगर र नगरपालिकामा नयाँ कार्यकारी अधिकृत तोकि सम्बन्धित स्थानिय तहमा खटाइसकेको छ ।

काठमाडौँबाहेक ललितपुर, भरतपुर र पोखरा महानगरपालिकामा सामान्यले सहसचिवको सरुवा नगर्दा निमित्त कार्यकारी अधिकृतले काम गरिरहेका छन् । काठमाडौं महानगरमा सहसचिव इश्वरराज पौडेल कार्यकारी अधिकृतको रुपमा छन् ।

महानगरपालिकामा सहसचिव, उपमहानगरपालिका र नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत कार्यकारी रहने व्यवस्था गरिएको छ । सहसचिव न्यौपानेले आइतवारै ती सहसचिवलाई स्थानीय विकास मन्त्रालयमा सरुवा गरिएको पत्र दिइएको बताए। बिहीबारको मन्त्रिपरिषद् बैठकले ती सहसचिवको सरुवा गर्ने निर्णय गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस