‘घामपानी’को ट्रेलर रिलिज « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘घामपानी’को ट्रेलर रिलिज


प्रशासन संवाददाता

४ चैत्र २०७३, शुक्रबार


काठमाडौँ । काठमाडौँको क्यूज हलमा आयोजित एक कार्यक्रमका बिच चलचित्र ‘घामपानी’को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र वैशाख १ गतेबाट देशभरका हलमा रिलिज हुनेछ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी र दयाहाङ राइविचको प्रेम देखाइएको छ । २ फरक जातका यूवा यूवतीको प्रेम कथालाई यो चलचित्रले उठान गरेको छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकारद्धय केकी अधिकारी र दयाहाङ राइ भने उपस्थित थिएनन् । यो चलचित्रलाई संचारकर्मी दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । उनले, यो आफ्नो पहिलो प्रयास भएको भन्दै अन्तिम चलचित्र भने नभएको बताए । कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न चलचित्रकर्मीले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस