ट्याक्टरले किचेर धनुषामा तीन बालिकाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ट्याक्टरले किचेर धनुषामा तीन बालिकाको मृत्यु


प्रशासन संवाददाता

२ चैत्र २०७३, बुधबार


बस दुर्घटना

धनुषा । सडक छेउमा शौच गर्न गएका तीन बालिकाको बुधवार ट्याक्टरले किचिएर मृत्यु भएको छ ।

मृत्युहुनेमा धनुषा गोठकोयलपुर–९ का सोखीलाल साफीकी तीन वर्षीया छोरी सविता साफी, श्याम साफीकी पाँच वर्षीया छोरी सञ्जिता साफी र ठेकुवा साफीकी पाँच वर्षीया छोरी प्रिया साफी रहेका छन् ।

धनुषा गिद्धाबेलापट्टीबाट इँट्टा लिएर आउँदै गरेको ज १ त ३६२२ नम्बरको ट्याक्टरको स्टेरिङ फेल भएर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको धनुषका प्रहरी नायब उपरीक्षक मनोज यादवले जानकारी दिए ।

यादवका अनुसार शौच गर्न गएको बेला स्टेरिङ फेल भएर ट्याक्टर सडक छेउमा पल्टिँदा तीनैजना बालिकाको मृत्यु भएको हो । रासस

प्रतिक्रिया दिनुहोस