मधेसी मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा « प्रशासन
Logo २ कार्तिक २०७८, मंगलबार
   

मधेसी मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा


प्रशासन संवाददाता

२ चैत्र २०७३, बुधबार


काठमाडौँ । व्यवस्थापिका–संसद्को बुधवारको बैठकमा सांसद महेन्द्रराय यादवले वर्तमान सरकारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनले दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै त्यसको औपचारिक जानकारी सभामुखलाई दिने बताएका छन् ।

उनले वर्तमान सरकार गठनका बेला मोर्चासँग भएका तीनबुँदे सहमति कार्यान्वयन नभएकाले सहमति फिर्ता लिइएको जानकारी दिए ।

साथै उनको बैठकको कारबाही बहिष्कार गर्ने घोषणा पनि गरे । घोषणासँगै सङ्घीय समाजवादी फोरम नेपाल, सङ्घीय समाजवादी पार्टीलगायत दलका सांसद बैठककक्षबाट बाहिरिएका थिए ।

बैठकमा सांसद रामकृष्ण यादवले संविधान संशोधन प्रस्ताव पारित गरेर निर्वाचन गर्नुपर्ने भएकाले त्यसतर्फ गम्भीर हुन सरकारलाई आग्रह गरे । रासस

प्रतिक्रिया दिनुहोस