Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

तोकिएकै मितिमा निर्वाचन हुन्छः प्रधानमन्त्री


प्रशासन संवाददाता

२ चैत्र २०७३, बुधबार


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्तिप्रकृयामा सहयोग गरेकोमा स्विजरल्याण्ड सरकारलाई धन्यवाद दिएका छन् । नेपालका लागि स्विजरल्याण्डका राजदुत जर्ज जिओभान्नी फ्राईडेनसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले नेपालको राजनीतिक रुपान्तरणका लागि गरेको सहयोगप्रति धन्यवाद दिएका हुन् ।

भेटमा स्विस राजदुतले नेपालको राजनीतिक स्थिरता, स्थानीय तह र प्रदेश तहको निर्वाचनको विषयमा चाँसो राखेका थिए । प्रधानमन्त्रीले स्थानीय तह कार्यान्वयनय सुरु भइसकेकाले अव तोकिएकै समयमा स्थानीय निर्वाचन गर्ने गरी सरकार लागिरहेको बताए । उनले मधेसी दलहरुसंग निरन्तर छलफल भइरहेकाले राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने बताए ।

भेटमा राजदुत फ्राईडेनले नेपाल सरकारले विभिन्न समयमा स्विजरल्याण्डसँग गरेको सहयोग र समन्वयका लागि खुसी व्यक्त गरेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस