‘समस्याको समाधानसँगै सद्भाव कायम होस्’ « प्रशासन
Logo २ आश्विन २०७८, शनिबार
   

‘समस्याको समाधानसँगै सद्भाव कायम होस्’


२ चैत्र २०७३, बुधबार


पुनर्वास । कञ्चनपुर पुनर्वास–८ का हस्तबहादुर शाहीलाई गाउँकै युवक गोविन्द गौतमको मृत्युको समाचार पत्याउन गाह्रो भएको छ ।

एक साताअघि मात्रै उनीसँग आनन्द बजारमा भेट हुँदा भएको कुराकानी हस्तबहादुर बिर्सन सकिरहेका छैनन्। त्यो भेट नै गोविन्दसँगको अन्तिम भेट बन्न पुग्यो । गत फागुन २६ गते बिहान ८ बजे आफूसँग भेटेर कुरा गरेको करिब तीन घन्टामै भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर गोविन्दको निधन भएको समाचारले हस्तबहादुरलाई छानाबाट खसे झैँ भयो ।

“कल्र्भट भत्काएको प्रसङ्ग कोट्याउँदै लामो समयदेखि भारतीय पक्षले हेपाह दृष्टि राख्ने गरेको भन्दै गोविन्द निकै आक्रोशित थिए” हस्तबहादुरले भने– “हस्तक्षेपविरुद्ध लड्नुपर्छ, कति सहेर बस्ने, मरियो भने देशका लागि सहिद भइन्छ भन्थ्यो, साँच्चै नै त्यस्तै भयो ।”

वि.सं. २०२८ देखि आनन्दबजारमा बसोबास गर्दै आएका हस्तबहादुर शाहीले लामो समयदेखि भारतीय पक्षबाट नेपालीमाथि विभेद र हस्तक्षेप हुँदै आएको बताउँछन् । “अहिले पनि सीमावर्ती भारतीय नागरिकसितको सम्बन्ध हाम्रो राम्रै छ” हस्तबहादुरले भने– “सीमामा भारतीय एसएसबी तैनाथ भएपछि ज्यादती बढ्यो ।”


कल्र्भट निर्माणस्थलमा आएर गत बुधबार साँझ एसएसबीले आफूहरुको कुनै अवरोध नहुने बताएको भन्दै स्थानीय नेत्रबहादुर शाहीले सोही दिन राति नै एसएसबीले कल्र्भट भत्काएको बताए ।


कल्र्भट निर्माणस्थलमा आएर गत बुधबार साँझ एसएसबीले आफूहरुको कुनै अवरोध नहुने बताएको भन्दै स्थानीय नेत्रबहादुर शाहीले सोही दिन राति नै एसएसबीले कल्र्भट भत्काएको बताए । “सुरुमा यो तपाइँहरुकै क्षेत्र हो, हाम्रो कुनै असहमति छैन । तर कच्ची संरचना मात्रै बनाउनुस् भने ।” उहाँले भने– “खै के चित्त बुझिएन, राति नै आएर भत्काए छन् ।” कल्र्भट निर्माण गरेको काङ्ग्री खोलाबाट करिब ४०० मिटर परै नेपाल पर्छ ।

केही वर्षअघि सीमासित जोडिएको आफ्नो खेत जोत्दा भारतीय एसएसबीले आफूलाई बाँधेर यातना दिएको गुनासो पोख्दै उनले सरकारले सिमा विवाद दीर्घकालीन रुपमा समाधान हुने गरी विकल्प खोज्नुपर्नेमा जोड दिन्छन् । “यसअघि पनि नेपाल–भारतका अधिकारीबीच सीमा चेकजाँचदेखि सबै काम भएकै हुन् ।” भएका सीमास्तम्भ भत्काउने र सीमा मिच्ने काम भारतीय पक्षबाट पटकपटक हुने गरेको छ ।”

काङ्ग्री खोला तरेर सीमावर्ती भारतीय बसही बजारमा दैनिक किनमेलका लागि जाने आनन्द बजारवासी एसएसबीले गोली हानेर गोविन्दको हत्या गरेपछि त्रासको मानसिकतामा छन् । स्थानीयवासी हस्तबहादुर शाहीले भने– “सीमा कता हो, के हो ? सरकारले स्पष्ट गरोस्, भारतीय जनतासित हाम्रो सद्भाव कायमै छ ।”


काङ्ग्री खोला तरेर सीमावर्ती भारतीय बसही बजारमा दैनिक किनमेलका लागि जाने आनन्द बजारवासी एसएसबीले गोली हानेर गोविन्दको हत्या गरेपछि त्रासको मानसिकतामा छन् ।


उनले भारतीय सुरक्षा निकायका कारण दुई देशबीचका नागरिकको सामाजिक सद्भाव खल्बलिने हो कि भन्ने उहाँको चिन्ता छ । “दुई देशका प्रशासकले हाम्रो समस्या सुल्झाउन नसके संयुक्त राष्ट्र सङ्घलाई गुहार गरेर पनि समस्याको समाधान खोजियोस्” उनले भने ।

आफूले विगत १२ वर्षदेखि आफ्नो लालपुर्जा भएको जग्गा भोगचलन गर्न नपाएको स्थानीय तुलसा सुनारको गुनासो छ । उनले भने– “भारतीय जहिले पनि सीमा अतिक्रमणकै मानसिकतामा बसेका हुन्छन् ।” “रातारात सीमास्तम्भ गायब पार्ने, अनि सीमा भन्दै नेपाली बस्ती र घर देखाउने काम धेरै नै भयो ।”

सीमास्तम्भ नं. १९९ देखि २०१ को बीचको क्षेत्रमा लामो समयदेखि सीमा विवाद रहेको छ । “२०० नम्बर सीमास्तम्भ हामीले पनि देख्न पाएनौँ ।” उनले भने– “एसएसबी आउँछन् नेपालीका घर देखाएर सीमा यहाँ थियो भनेर दाबी गर्छन् ।”

करिब डेढ दशकअघिसम्म सीमा नाकामा कुनै समस्या नरहेको बताउँदै तुलसा सुनार सरकारले सीमा नाकाको समस्या तत्काल समाधान गर्न कूटनीतिक पहल थाल्नुपर्नेमा जोड दिन्छन् । दुई देशबीच उच्च तहको समस्या समाधानको बाटो खोज्नु पर्ने उनको सुझाव छ ।

तत्कालीन राजा महेन्द्रले पुनर्वास र दोधारा चादँनी सीमाक्षेत्रमा भूपू सैनिकलाई जग्गा दिएर बस्ती बसालेका थिए । “पुनर्वासमा डेढदेखि तीन बिगाहासम्म जग्गा बाँडेर महेन्द्र राजाले सीमा जोगाउन बस्ती बसालेका थिए ।” हस्तबहादुर शाहीले भने– “दीर्घकालीन सोच राखेर राजाले बनाएको योजना अहिलेका सरकारले निरन्तरता दिनुपर्छ ।” आनन्दबजारमै सशस्त्र प्रहरीको बेसक्याम्प राखिनुपर्ने उनको माग छ ।

‘घर बनाउने सपना अधुरै’

कल्र्भट निर्माणका विषयलाई लिएर एसएसबीको गोली लागेर निधन भएका गोविन्द सहिद घोषित त भए तर उनको घर बनाउने सपना भने पूरा हुन सकेन । “घर बनाउन जग हाल्दै हुनुहन्थ्यो” मृतक गोविन्दका भाउजु शान्ता पौडेलले भनीन्– “ऋण काडेर घर बनाउने र विदेश जाने सोचमा हुनुहुन्थ्यो ।”

घरका माइला छोरा गोविन्दको पारिवारिक अवस्था निकै नाजुक छ । उनले निधनले वृद्ध आमाबुबा र श्रीमती लक्ष्मी भावविह्वल अवस्थामा छन् । गत मङ्सिरमा साउदीबाट आएपछि भारतमा रोजगारीका लागि गएका उनी थिए पाँच दिनमै फर्किएर घर बनाउन सुरु गरेका थिए । उता वैदेशिक रोजगारीमा जान समेत गोविन्दले भिसा प्रक्रिया सुरु गरेको उनको भनाइ छ । उनको निधनले परिवारसँगै तीन छोरीको समेत बिचल्ली भएको छ । गोविन्दका दाजु र भाइ पनि भारतको महाराष्ट्रमा मजदूरी गर्छन् । गौतमको आइतबार स्थानीय दोदा नदीमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस