Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दमास्कस खानेपानी स्रोतमा अवरोध गरिनु युद्ध अपराघः राष्ट्रसङ्घ


२ चैत्र २०७३, बुधबार


स्वीट्जरल्यान्ड । गत डिसेम्बरमा सिरियाली राजधानी दमास्कसमा बसोबास गर्ने ५० लाख नागरिकलाई खानेपानीबाट वञ्चित गरिनेगरी ऐन अल फिजेहमा रहेको पानीको स्रोतमा राष्ट्रपति बसर अल असद पक्षले गरेको विस्फोट ‘युद्ध अपराध’ भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।

घटनाको वास्तविकता छानबिनका लागि बनेको राष्ट्रसङ्घीय अनुसन्धान आयोगले ऐन अल फिजेहमा सिरियाली वायु सेनाद्वारा आक्रमण गरेको ठहर गर्दै यो युद्ध अपराध भएको अनुसन्धान प्रतिवेदनको भनाई आएको हो ।

प्रतिवेदनले सिरियाली सरकारद्वारा उक्त घटनामा विद्रोहीको संलग्नता रहेको भन्ने भनाईमा सत्यता नरहेको भन्दै यसको खण्डन गरिएको छ ।

डिसेम्बरमा भएको उक्त आक्रमणपछि सरकारी सेनाले पानीको स्रोतलाई प्रदूषित पार्न विद्रोहीद्वारा पानीको सङ्कलन केन्द्रमा आक्रमण भएको बताए पनि विद्रोहीले घटनामा आफ्नो संलग्नतालाई अस्वीकार गरेको थियो । रासस÷एएफपी

Tags :
प्रतिक्रिया दिनुहोस