भट्टराई भारततर्फ प्रस्थान « प्रशासन
Logo ३० आश्विन २०७८, शनिबार
   

भट्टराई भारततर्फ प्रस्थान


१ चैत्र २०७३, मंगलबार


काठमाडौँ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन मंगलवार भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गगरेका छन् ।

इन्डिया फाउन्डेसनले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराई १५ मार्चमा सम्मेलनलाई सम्बोधन गर्ने छन् । उनले ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुहुने कार्यक्रम छ । सम्मेलन यही मार्च १४ देखि १६ सम्म सञ्चालन हुनेछ ।

नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गर्ने नेपालसँगको अन्तक्रिया तथा भेटघाट कार्यक्रममा पनि उनी सहभागी हुने सो पार्टीले जनाएको छ ।

सोक्रममा डा. भट्टराई भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धका जानकार, बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस