जीउ मास्ने बेच्ने मुद्दाका फरार व्यक्ति पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जीउ मास्ने बेच्ने मुद्दाका फरार व्यक्ति पक्राउ


१ चैत्र २०७३, मंगलबार


काठमाडौँ   । जीउ मास्ने बेच्ने तथा थुनुवा भागे भगाएको मुद्दामा नुवाकोट जिल्ला अदालतको २०६३ भाद्र १३ गतेको फैसलाले ७ बर्ष ६ महिना कैद सजाय भई फरार रहेका नुवाकोट घ्याङफेदी–६ घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ४९ बर्षीय फुर्पा तामाङ्गलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको प्रहरी टोलीले मंगलबार बौद्धबाट पक्राउ गरेको छ ।

नुवाकोट घ्याङफेदी– ६ बस्ने १३ र १४ बर्षकी दुईजना बालिकालाई तामाङ्ग समेत तीन पुस्ता भित्रको दाजु नाता पर्ने ४ जना ब्यक्तिहरु मिलि ललाई फकाई २०४७ जेठ १४ गते राती नुवाकोट घ्याङफेदीबाट काठमाडौँ पु¥याई विभिन्न प्रलोभनमा पारी भारत बम्बैमा लगि बिक्री गर्ने मनसायले कालिमाटीबाट बीरगंजतर्फ लैजाने क्रममा प्रहरी टोलीले पीडितहरुलाई उद्धार गर्नुका साथै ४ जना प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट सर्जमिनको लागि घ्याङफेदी–६ पुगी फर्कने क्रममा २०४७ असार ८ गते नुवाकोट खरानीटारबाट प्रहरीको आँखा छली चारैजना प्रतिवादीहरु हत्कडी सहित भाग्न सफल भएका थिए ।

कैद सजायँ बेरुजु रही बिगत २६ बर्ष देखि लुकिछिपी बौद्ध एरियामा बस्दै हाल ठेक्कापट्टाको कार्य गर्दै आईरहेका लामालाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँ को आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवलमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस