प्रधानमन्त्री चैत दोस्रो साता चीन जाने « प्रशासन
prasaLogo
१४ श्रावण २०७८, बिहिबार
   

प्रधानमन्त्री चैत दोस्रो साता चीन जाने


प्रशासन संवाददाता

३० फाल्गुन २०७३, सोमबार


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल‘ले चैतको दोस्रो हप्ता छिमेकी मित्र राष्ट्र चीनको भ्रमण गर्ने भएका छन् ।

प्रधानमन्त्री दाहाल आगामी चैत १० गते चीन प्रस्थान गर्ने कार्यक्रम छ । चीनले आगामी चैत ११ गते आयोजना गरेको बोआओ मञ्चमा विशेष वक्ताका रुपमा भाग लिन उनी त्यसतर्फ जान लागेका उनको निजी सचिवालयले जनाएको छ । सम्मेलनमा विश्वका राष्ट्र एवम् सरकार प्रमुखलाई निमन्त्रणा दिइएको छ ।

प्रधानमन्त्रीको भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताइएको छ । प्रधानमन्त्रीमा दोस्रो पटक निर्वाचित भएपछि प्रधानमन्त्रीकै हैसियतमा उनको यो पहिलो चीन भ्रमण हुनेछ । प्रधानमन्त्री दाहालले गत वर्ष असोजमा ब्रिक्स सम्मेलनका क्रममा भारतको गोवामा चिनियाँ राष्ट्रपति सि चीन फिङसँग भेटवार्ता गरेका थिए। रासस

प्रतिक्रिया दिनुहोस