Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बहुविवाहको आरोपमा बेहुला बेहुली मण्डपबाटै पक्राउ


३० फाल्गुन २०७३, सोमबार


पर्वत । बाजा गाजा र भोज भतेरसहित तामझामका साथ विवाह गर्न लागेका एक जोडी विवाह मण्डपबाटै पक्राउ परेका छन् ।

उत्तरी पर्वतको माझफाँट गाविस–६ पाखाथरका बेहुला डिलबहादुर परियार र विवाहका लागि सिङ्गारिएकी बेहुलीलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार इष्टमित्र र आफन्तजनको साथमा माझफाँट–६ स्थित बेहुलाको घरमा नै विवाह गर्ने तयारीसहित मण्डपमा बेहुला बेहुली बसिरहेका बेला डिलबहादुरकी जेठी पत्नी कुमारी परियारले जिल्ला प्रहरी कार्यालय पर्वतमा बहुविवाहको जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

विवाह सम्पन्न नहुँदै चौकीबाट पुगेको प्रहरी टोलीले दुलाहा दुलहीसहित केही इष्टमित्रलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्वतमा ल्याएको थियो ।

कुमारीले आफू हुँदाहुँदै श्रीमान्ले दोस्रो विवाह गर्न लागेको भन्दै रोक्न प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही आधारमा प्रहरीले नियन्त्रणमा लिई दुवै पक्षका आफन्तसहित छलफल गराउँदा डिलबहादुर परियारले आफू वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया रहँदा श्रीमतीले अन्य व्यक्तिसँग अनैतिक सम्बन्ध गाँसेर हिँडेको र आफूले कमाएको पैसासमेत रित्ताएको आरोप लगाएका छन् । डिलबहादुरले श्रीमती कुमारीलाई छिमेकी व्यक्तिसँग दोस्रो विवाह गरेर गएको आरोप समेत लगाएका छन् ।

यता जेठी श्रीमती कुमारीले भने आफू श्रीमान्को अनुमति बिना कुनै पनि ठाउँमा नगएको र कसैसँग पनि अनैतिक सम्बन्ध नभएको दाबी गरेकी छिन् । डिलबहादुरले आफू विदेशमा रहँदा घरमा वृद्ध आमालाई छाडेर गएको र श्रीमतीले औषधि उपचारमा ख्याल नगरिदिँदा आमाको ज्यान गएको भन्दै कुनै हालतमा कुमारीलाई नस्वीकार्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लिलाराज न्यौपानेले दुवै पक्षको रोहबरमा छलफल जारी रहेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस