हर्ष, खुशी र उमंगको होस् यो होली
सबै जातजाति र रंगको होस् यो होली
आकाशबाट जूनले धर्तीलाई चम्काएझैँ
यस्तै कुनै नयाँ ढंगको होस् यो होली
आँखा र कानपनि पक्षपाती हुन सक्छन्
यी हाम्रा सबै अंग अंगको होस् यो होली
डाँफे, मुनाल र मयुर खुशीले रमाएझैँ
हिमाल, पहाड र तराईसँगको होस् यो होली
असत्यमाथी एउटा सत्यको विजय सम्झेर
मन शान्ति र छुट्टै आनन्दको होस् यो होली