Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

वाग्मतीबाट १०४ मेट्रिक टन फोहर व्यवस्थापन


२८ फाल्गुन २०७३, शनिबार


काठमाडौँ । वाग्मती सफाइको २००औँ हप्ताका अवसरमा शनिवार सुन्दरीजलदेखि चोभारसम्मको २८ किमी क्षेत्रमा सफाइ गरी १०४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

नेपाल बन्द र झरी बाबजुद सुन्दरीजलदेखि चोभारसम्म १८ स्थानमा गरिएको पदयात्रासहितको सफाइमा एक लाखभन्दा बढी मानिस उपस्थित भएको वाग्मती सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिए । शनिवार उपत्यकाका रुद्रमती, विष्णुमती र नख्खुखोलालगायतका सफाइ अभियन्ता वाग्मतीमै केन्द्रित भएका थिए ।

मुख्यसचिव डा. सोमलाल सुवेदीको नेतृत्वमा सरकारका १८ जना सचिव १८ केन्द्रमा खटिएका थिए। प्रमुख दलका नेता पनि सफाइमा सहभागी भएका थिए । तिलगङ्गामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बल्खुमा उपप्रधानमन्त्री एवम् राप्रपाका अध्यक्ष कमल थापालगायत नेता सफाइमा जुटेका थिए ।

आगामी शनिबार २०१औँ हप्ताको वाग्मती सफाइ पशुपति राममन्दिर क्षेत्रमा गरिने सफाइ महाअभियानले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस