भ्यानको ठक्करबाट वृद्धाको मृत्यु « प्रशासन
Logo ६ आश्विन २०८०, शनिबार
   

भ्यानको ठक्करबाट वृद्धाको मृत्यु


२८ फाल्गुन २०७३, शनिबार


दमक । पिकअप भ्यानको ठक्करबाट झापाको लखनपुरमा आज दिउँसो एक पैदलयात्रीको ज्यान गएको छ ।

गौरादहस्थित कनकाई ग्यास उद्योगको मे १ च ३७३६ नं. को पिकअप भ्यानले लखनपुर–१ की ७३ वर्षीया मनमायाँ अधिकारीलाई पाडाजुङ्गी–गौरीगञ्ज सडक खण्डको लखनपुर–३ मा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो ।

ठक्करबाट सख्त घाइते भएकी वृद्धाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए । प्रहरीले मृतकको शव परीक्षणका लागि मङ्गलबारे अस्पतालमा लगिएको तथा ठक्कर दिने भ्यान र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस