Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सङ्कटाले चुम्यो तिलोत्तमा गोल्डकपको उपाधि


प्रशासन संवाददाता

२२ फाल्गुन २०७३, आइतबार


बुटवल । रुपन्देही जिल्लाको सबैभन्दा ठूलो पुरस्कार राशि र पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको यसपटकको उपाधि सङ्कटा क्लबले हात पारेको छ ।

शनिवार भएको निकै रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा सङ्कटाले विभागीय त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेर उपाधि हात पार्न सफल भएको हो । उपाधिसँगै सङ्कटाले तिलोत्तमा गोल्डकपसहित नगद पाँच लाख ५५ हजार ५५५ पुरस्कार हात पारेको छ । सङ्कटाले पहिलोपटक तिलोत्तमा गोल्डकप जितेको हो ।

देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा विभागीय टिम आर्मी भने उपविजेतामै चित्त बुझाउनुपरेको छ । उपविजेताले नगद तीन लाख ५५ हजार ५५५ मा चित्त बुझाएको छ । विजेता टिमलाई एक कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले हस्तान्तरण गरे ।

उपाधिसँगै सङ्कटाले तिलोत्तमा गोल्डकपसहित नगद पाँच लाख ५५ हजार ५५५ पुरस्कार हात पारेको छ । सङ्कटाले पहिलोपटक तिलोत्तमा गोल्डकप जितेको हो ।

रुपन्देही जिल्ला फुटबल सङ्घको आयोजनामा फागुन १२ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतका दुई टोलीसहित १० टोलीको सहभागिता थियो । मोसफलकै प्रतिष्ठित गोल्डकपमध्येको एक तिलोत्तमा २०३३ सालबाट सुरु भए पनि पटक–पटक आर्थिक अभाव र अन्य कारणले रोकिने गथ्र्यो । गत वर्षबाट प्रतियोगिताले पुनः निरन्तरता पाएको छ ।

खेलमा उत्कृष्ट गोलकिपर सङ्कटाका विनय श्रेष्ठ, हाइ स्कोरर त्रिभुवन आर्मीका दीप लामा, वेष्ट मिड फिल्डर सङ्कटाका निराजन खड्का र वेष्ट डिफेन्स त्रिभुवन आर्मीका टिम क्याप्टेन हिरण्य मगर बने ।

उनीहरु सबैले रु १५/१५ हजार नगद पुरस्कार पाए । वेष्ट कोच सङ्कटाका सल्यान खड्गी बने । उनले पनि २० हजार नगद पुरस्कार पाए । वेष्ट प्लेयर अफ दि टुर्नामेन्ट भने आयोजक रुपन्देही ११ का टिम क्याप्टेन दिलीप क्षेत्री बने । सङ्कटाको जितमा निर्णायक बनेका निराजन खड्काले नगद १५ हजारसहित स्कुटर उपहार प्राप्त गरे ।

त्रिभुवन आर्मीले विसं २०५४ मा १२ औँ र २०६५ मा १६ औँ तिलोत्तमा गोल्डकपको उपाधि चुमेको थियो । यो वर्षसहित तीनपटक उपविजेतामा चित्त बुझाउनुपरेको छ । रासस

प्रतिक्रिया दिनुहोस