चमेलियाको सुरुङ खन्ने काम सकियो « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

चमेलियाको सुरुङ खन्ने काम सकियो


प्रशासन संवाददाता

२१ फाल्गुन २०७३, शनिबार


काठमाडौँ । दार्चुलाको शिखर गाविस बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङको सबै काम सम्पन्न भएको छ ।

प्राकृतिक कारणले खुम्चिएको आयोजनाको ८४३ मिटर लामो सुरुङ र खन्न बाँकी २३२ मिटरसहित सुरुङ निर्माणको सम्पूर्ण काम शनिवार पूरा भएको ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले जानकारी दिए ।

नेपाली इन्जिनियरहरुले आयोजनाको उक्त जटिल काम सफलतापूर्वक सम्पन्न गरेकामा नेपाली इन्जिनियरहरु नेपाली समाजका लागि गौरवयोग्य भएको बताए ।

यसैवर्ष परीक्षण उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको अन्य काम द्रुतगतिमा भइरहेको जानकारी पनि उनले दिए ।

आयोजनाको १३२ किलोभोल्टको १३१ किलोमिटर प्रसारण लाइन बनिसकेको छ भने ४०० भन्दा बढी टावर पनि खडा भइसकेका छन् ।

केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजनाको स्थलगत निरीक्षण गरी आयोजनाको काममा ढिलासुस्ती नगर्न र निर्धारित समयमा बिजुली उत्पादन गर्न निर्देशन दिएपछि आयोजनाले यो प्रगति हासिल गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस