Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो खोप कार्यक्रम प्रभावित


प्रशासन संवाददाता

२१ फाल्गुन २०७३, शनिबार


धनगढी । स्वास्थ्यकर्मीको आन्दोलनका कारण कैलालीमा जापानिज इन्सेफ्लाइटिस तथा पोलियो खोप खुवाइने अभियान सुरु हुन सकेन ।

कैलालीमा आज(शनिबार) र भोलि(आइतबार) जापानिज इन्सेफ्लाइटिस तथा पोलियो थोपा खुवाउने कार्यक्रम थियो ।

स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो खोप अभियानका लागि चाहिने सामग्री खोप केन्द्रमा पठाउन नसकिएकाले यो कार्यक्रम प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर प्रदीप जोशीले बताए ।

छिमेकी देश भारतमा पोलियो उन्मूलन भइनसकेको अवस्थामा यो रोगको सङ्क्रमण नेपालको तराईको जिल्लामा फैलन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले कैलाली सहित मुलुकका १५ जिल्लामा यो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

कार्यक्रमअन्तर्गत कैलालीमा पाँच वर्ष मुनिका एक लाख १६ हजार आठ सय ४६ बालबालिकालाई जेई तथा खोप कार्यक्रममा समावेश गर्ने लक्ष्य राखेको थियो । सो अभियानका लागि स्थापना गरिएका पाँच सय ८० खोप केन्द्रमा एक हजार एक सय ६० स्वयम्सेवक खटाइने भने पनि स्वास्थ्यकर्मीको आन्दोलनका कारण अभियानमा असर पर्नसक्ने भन्दै अर्को सूचना जारी नभएसम्मका लागि पोलियो खोप कार्यक्रम स्थागित गरिएको वरिष्ठ जिल्ला जनस्वास्थ्य प्रशासक टङ्कप्रसाद चापागाईंले जानकारी दिए।

अभियानअन्तर्गत शनिवार खोप केन्द्रबाट बालबालिकालाई खोप खुवाइने र आइतवार छुटेका बालबालिकालाई घरदैलोमै पुगेर खोप खुवाइने कार्यक्रम तय गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस