इटालीमा आप्रवासी मजदुरको जलेर मृत्यु « प्रशासन
Logo २ कार्तिक २०७८, मंगलबार
   

इटालीमा आप्रवासी मजदुरको जलेर मृत्यु


प्रशासन संवाददाता

२१ फाल्गुन २०७३, शनिबार


रोम(एजेन्सी) । इटालीको दक्षिण क्षेत्रमा अवस्थित एउटा ‘अनाधिकारिक’ आप्रवासी शिविरमा शुक्रबार दुई आप्रवासी कृषि मजदुरको आगोमा जलेर मृत्यु भएको इटालीको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।

स्थानीय प्रशासनले शिविर खाली गर्न भनेको दुई दिनपछि मालीबाट इटाली पुगेका दुई ३० वर्षीय शरणार्थीको राति १ बजे शिविरको एउटा भागबाट निस्केको आगलागीमा परी ज्यान गुमाएका बताइएको छ ।

इटालीको दक्षिणमा अवस्थित फोजिया सहर नजिकै रहेको शिविरमा ३५० आप्रवासी बसोबास गर्दै आएका थिए भने केही प्रशासनको निर्देशनपछि शिविर छाडेर अन्यत्र गएको थिए ।

शिविरमा अझै करिब एक सय जना मानिस बसोबास गरिरहेका र उनीहरुले आफ्नो कामको सुरक्षाका लागि अन्यत्र जान नसक्ने बताइरहेका छन् ।

स्थानीय भाषामा ‘ग्रान घेटो’ नामले चिनिएको उक्त शिविरमा स्थानीय दलालले सस्तो कामदारका लागि बस्न दिएको र यसले सुरक्षा चुनौती बढेको भन्दै गत बुधबार शिविर छाड्न भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस